Tuesday , December 12 2017
Home / Australia / अस्ट्रेलियामा समलिंङ्गी विवाहलाई बैधानिकता, संघिय अदालतको निर्णय आउन बांकी

अस्ट्रेलियामा समलिंङ्गी विवाहलाई बैधानिकता, संघिय अदालतको निर्णय आउन बांकी

अस्ट्रेलियाको राजधानी क्यानबेरा स्थित संघिय संसद भवन बाहीर आइतवार पृथक खालको विवाह भयो । उक्त विवाहका बेहुला पनि पुरुष थिए भने बेहुली पनि पुरुष । 628x471 (1)समलिङ्गी विवाहको बहस चलेको वर्षौ पछि आइतवार १५ जोडीले बैधानिक रुपमा समलिङ्गी विवाह दर्ता गराउन सफल भए । अस्ट्रेलियाको इतिहासमा नै पहिलो बैधानिक समलिङ्गी दम्पतिको रुपमा क्यारिना पिक र स्टेसी कोवेनले नाम दर्ता गराएका छन् । विवाह पछि संचारकर्मी संग कुरा गर्दै क्यारिनाले भने अस्ट्रेलियाको कुनै पनि कानुनले दुइ मानवलाई माया गर्न स मनपराउन रोक्न सक्दैन । आइतवार समलिङ्गी विवाह गर्नेहरुमा संसद देखि डाक्टर, ब्यवसायि, सरकारी कार्मचारि र प्राध्यापक समेत थिए ।विवाह समारोहमा बोल्दै क्यापिटल टेरीटोरीका मुख्य मन्त्री क्यटे ग्यालाधघरले नयां नियमले कसैको ब्यक्तिगत सम्बन्धिमा कुनै असर नपार्ने बताउंदै सबैको अधिकार सुरक्षित गर्ने र भेदभावरहित ब्यवाहार गर्ने यो नियम ल्याइएको हो । केही संसद र दलका नेताहरुले क्यापिटल टेरीटोरीको सहासिक निर्णयको स्वगत गर्दै नवविवाहित समलिङ्गी दम्पितिलई बधाइ दिएका छन् । क्यानवेराले पहिलो पटक पहिचान र अधिकारको प्रतिक्षामा रहेका सयौ अस्ट्रेलियनको आवाज सुनेको प्रतिक्रया दिएका थिए । क्यापिटल टेरीटोरीमा अहिले सम्म ४७ वटा दम्पतीले समलिङ्गी विवाह दर्ता गराइसकेका छन् । 954463-

समलिङ्गी विवाहको विरोध
केही धार्मीक अतिवादिहरु, परम्परावादी राजनीतिज्ञ र चर्चहरुले समलिङ्गी विवाहको विरोध गरेका छन् । अष्ट्रेलियन क्रिस्चियन लविले क्यापिटल टेरोटेरी राज्य सरकारले गरेको यो निर्णयको विरोध गरेको छ । प्रवक्त लिली सेल्टोनले भनिन् समलिङ्गी विवाह भनेको समलिङ्गी अभिभावकत्व पनि हो । अब कसैका छोराछोरीलाइै अलग गरेर समलिङ्गीलाई दिनाले समाजमा ठूलो समश्या ल्याउने छ । राज्यले भर्खरै पारित गरेको नयां कानुनको अधारमा देश भरका समलिङ्गीहरु क्यानबेरामा आएर विवाह गरेका हुन् । तर अस्ट्रेलियाको संघिय कानुनसंग बझिएको भन्दै आउने विहिवार संघिय सर्वोच्च अदालतले यो कानुनलाई खेरेज गर्ने सम्भावना पनि रहेको छ । गएको अक्टोवरमा क्यनवेरा राज्य सरकारले समलिङ्गी सम्बन्धि कानुन ल्याएको थियो ।

One comment

  1. Misleading title!!!

Comment