Friday , December 15 2017
Home / Australia / अस्ट्रेलियामा नेपालीहरुको क्रिसमस (फोटो फिचर)

अस्ट्रेलियामा नेपालीहरुको क्रिसमस (फोटो फिचर)

सिड्नी/ धर्म र सास्कृति अनुसार क्रिसमस नेपालीहरुको पर्व होइन तर अस्ट्रेलियका नेपाली समुदायले क्रिसमस परिवारिक तथा साथीभाइ बीच भेटघाट र रमाइलो गरेर मनाएका छन् ।xmas 6

बुधवार अस्ट्रेलियाका प्रय सबै सहरका नेपालीहरुपनि पार्कमा सामुहिक रुपमा भेला भए, बार्वेक्यु, नाचगान र विभिन्न खेलकुदहरुमा सहभागि भए । पविारका सदस्यहरु सँगै क्याम्पिङ र लङ ड्राइभिङमा जानेहरु पनि कम थिएनन् । क्रिसमस देखि नयाँ वर्ष सम्म भण्डै एकहप्ता नीजि तथा सरकारी कार्यालय र ब्यवसाय पनि प्रय बन्द हुने भएकाले घुमघामको लागि यो उपयुक्त समय हो ।xmas 7

क्रिसमसमा नेपाली इसाई समुदायले स्थानिय नेपाली चर्चमा भेला भएर इश्वरको प्राथना गरेर थिए । सिड्नीमा रहेको अस्ट्रेलियन नेपाली क्रिस्चियन कम्युनिटी चर्चले पनि बुधवार प्रथना कार्यक्रको आयोजना गरेको थियो । नेपाली इसाई समुदायले स परिवार चर्चमा भेला भएर परम्परा अनुसार यो पर्व मनाएका थिए ।xmas 5

यस्तै सिड्नीका ब्यवसायी भवानी ओली तथा अन्जना ओलीले आफ्नो घरमा परिवारीक जमघटको आयोजना गरेका थिए । उक्त कार्यक्रममा विभिन्न खानाका परिकार खानुको साथै बालबालिका र प्रौढको लागि खेलकुद प्रतियोगिताको पनि आयोजना गरिएको थियो । कार्यक्रममा दोहोरी, कविता, चुट्कीला र नृत्य प्रस्तुत गरिएको थियो । xmas 8

अन्य राज्यका नेपालीहरुले पनि स्थानिय संस्कृतिको सम्मन गर्दै क्रिसमस पर्व मनाएका छन् ।
नेपालीहरुले क्रिसमस मनाएको यी तस्विरहरु फेसबुक र अन्य उपलब्ध स्रोतबाट लिइएको हो । तपाई मध्ये कसैलाई यो फोटो राख्दा अफ्टेरो पर्छ भने हामीलाई [email protected] इमेल गरेर जानाकरी गराउन अनुरोध छ ।

xmas 1xmas 4xmas 3

Comment