Friday , December 15 2017
Home / Australia / अस्ट्रेलियामा नेपालीको कृषि फार्म; वर्षमा लाखौ डलर आम्दानी (फोटो फिचर)

अस्ट्रेलियामा नेपालीको कृषि फार्म; वर्षमा लाखौ डलर आम्दानी (फोटो फिचर)

होमनिधि पौडेल (अरुण)
ब्रिसवेन /अष्ट्रेलियामा वसोवास गर्ने नेपालीहरु ईन्जिनियरिंग, चिकित्सा, नर्सिंग, प्राध्यापन, पर्यटन, शिक्षा, हस्पिटालिटी, हाउजिंग, शैक्षिक परामर्श लगायत विभिन्न पेशा र ब्यवसायमा संलग्न रहँदै आएको पाईन्छ । यस्तै विभिन्न स्थानमा सयौं नेपालीहरु फार्ममा समेत काम गर्दै आईरहेका छन् । हाल आएर कृषी ब्यवसायलाई पनि नेपालीहले आफ्नो पेशाको रुपमा अँगाल्न सुरु गरेका छन् । यसको अग्रपंक्तिमा आफुलाई उभाउन सफल भएका छन् युवराज के.सी. ।

दक्षिणपूर्वी क्विक्स्ल्याण्ड स्थित हेलिडन भन्ने स्थानमा उनले केहि वर्षदेखि एउटा कृषी फार्म सञ्चालनमा ल्याएका छन् । विगत ५ वर्ष देखि ग्रिन सलादका विभिन्न प्रजातीहरुको उत्पादनका लागि प्रसिद्ध टुआम्वा स्थित के. फार्म नामक एउटा फार्ममा म्यानेजरको रुपमा काम गर्दै आएका युवराजले नीजि लगानीमा उक्त फार्म सञ्चालनमा ल्याएका हुन् । युवी फार्म नाम दिईएको यो फार्ममा सुरुवातमा विभिन्न ७ वटा रंगमा फल्ने गोलभेडाको ब्यवसायिक खेति सुरु गरिएको थियो । केसी भन्छन् अहिले फार्ममा गोलभेडा मात्र १५ भन्दा बढी रङ र आकारका उत्पादन भैरहेको छ । यो टमाटरको बजार मूल्य २० डलर प्रति किलो सम्म रहेको फार्म संचालक के सीले जानकारी दिए । उनी हप्तामा करिव १४ हजार डलरको गोलभेडा र अन्य उत्पादन बेच्छन् । उनले विरुवा रोपेको ६ हप्तामा गोलभेडा बजारमा जान योग्य भैसक्नेछन् । गोलभेडा बाहेक काक्रो र बिभिन्न प्रजातिका हरियो सलाद उनको फार्ममा उत्पादन हुन्छ ।

580620_267576470055998_914852311_n

नेपालमा मकवानपुर जिल्लाको पालुङमा जन्मिएका केसी सन् २००९मा विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका थिए । श्रीमती नर्सिङ विषयको विद्यार्थी, महंगो पढाई खर्च जुटाउन उनी दिनरात स्थानिय कृषि फार्ममा काम गर्न थाले । त्यो काम र अनुभवले अहिले उनलाई आत्मनिर्भर बनाउदै छ । अष्ट्रेलियामा बस्ने नेपालीले विरलै गर्ने ब्यवसाय र काममा उनले हात हालेका छन् । केसी भन्छन, हाम्रा लागि यो नौलो काम हो तर अनुभवले सिकाउदो रहेछ । उनको फार्म अहिले १२ जना नेपाली र स्थानिय कामदारले रोजगारि पाइरहेका छन् । उनी हप्तामा ७ सय किलो सम्म गोलभेडा मात्रै स्थानिय बजारम बेच्छन् । साथै ब्रिसवेनका ३ सय भन्दा बढी रेष्टुरेन्टहरुमा उनको फार्ममा उत्पादन भएको ग्रिन सलाद सप्लाई हुन्छ । शिनिवार लाग्ने स्थानिय हाट बजाहरुमा पनि काँक्रो गोलभेडा जस्ता उत्पादनहरु विक्रि गर्छन् । लागानिको वातावरण मिल्यो पालुङमा अष्ट्रेलियन प्रविधिका फार्म संचालन गर्ने योजना पनि केसीले बनाएका छन् । साथै अष्ट्रेलिया आउने नेपालीलाई काम लागइदिने पहिलो संम्पर्क ब्यक्तीको रुपमा पनि केसी चिनिएका छन् ।1451968_267576476722664_1580071886_n

यो फार्म ब्रिस्बेन शहर देखि करिव ११० कि.मी. पश्चिममा पर्दछ । ७० एकड क्षेत्रफलमा फैलिएको यस फार्ममा आगामी दिनमा विभिन्न उन्नत प्रजातीका तरकारीजन्य कृषी उपजहरु उत्पादन गर्ने योजना रहेको उनले नेपाल एक्सप्रेसलाइ बताए । फार्ममा बिरुवामा सिंचाई गर्ने, टमाटरको साईज गे्रडिंग गर्ने लगायतका कामका लागि उच्चस्तरीय प्रविधि अपनाईएको छ ।
विश्वब्यापी रुपमा भैरहेको मुल्यबृद्धी, कामदारहरुको अभाव, उपभोक्ताको क्रय क्षमतामा आएको हसका कारण अहिले अष्ट्रेलियको सम्पूर्ण कृषि क्षेत्रले समश्या भोग्नु परेको उनको भनाइ रहेको छ । आगामि दिनहरुमा फार्मलाई अझै विस्तार गर्दै फलफरुल र अन्य नगदे वालीहरुलाई लगाउने योजना पनि उनले बनाएका छन् । स्रोत: नेपाल एक्सप्रेस 

11 comments

  1. नयां क्षेत्रमा हात हाल्नु भएका युवराज जी लाई धेरै धेरै बधाई र शुभकामना छ । यो प्रविधि नेपालमा पनि भित्र्याउन सके हाम्रो अर्थतन्त्रले पनि गति लिने थियो की

  2. युवराज जी लाई धेरै धेरै बधाई र शुभकामना छ

  3. युवराज जी लाई धेरै धेरै बधाई र शुभकामना छ

  4. DilliRajGautam gautam

    Good job. Brother I am very happy to here that being nepali did a good job I am Gautam from japan with a restaurant business what are the ways and technology that we can implement in Nepal if plz will you guide me through thanks.

  5. I’m also thinking to start modern farming in Nepal could you give me your contact address.

  6. very very glad to read such an inspiring article for youths like us,,,, it’s me Vesh Raj Thapa all the way permanently from Udayapur and currently from Rampur, Chitwan… I am an agriculture graduate of age 22. Nature loving is my interest and agriculture is my passion., These days we can see most of the youths are deviated from agriculture because Agriculture lacks glamour and it is not sexy. i choose this field to prove such thinkings and beliefs towards agriculture is totally wrong, I want to prove that there is huge potential in this field if done scientifically and in a responsible manner. but the thing is that m immature enough, how to carry out my first step in this vague horizon, so i would humbly request to the admin to provide full contact information of this succesful person Mr, Yubraj K.C… you can mail me at:
    [email protected]
    will be desperately waiting your response..!!!

  7. Dear Rabin Thapa jee,
    Nameste you may contact me on my farms facebook page . just type ubs farm helidon . or you can contact me by email [email protected]

    yubraj khatri
    UB’s farm Helidon
    59 werth st , lockyer valley qld 4344
    Australia
    061452505536

  8. Ma Helidon mai baschhu..kunai nepali le yasto thulo firm ko business gareko malaai thaha bhayena..yasto hawadari kurama nalagna sabai lai aagrah gardachhu..

Comment