Friday , December 15 2017
Home / Social / अस्ट्रेलियामा डा योगीले जीवन उपयोगि शिक्षाबारे प्रवचन दिने

अस्ट्रेलियामा डा योगीले जीवन उपयोगि शिक्षाबारे प्रवचन दिने

सिड्नी/ जीवन उपयोगि शिक्षाको बारेमा प्रचार गर्दै हिडेका डा चिन्तामणी योगीले अस्ट्रेलियाका विभिन्न शहरहरुमा प्रवचन दिने भएका छन् । हेरिटेज नेपालको आयोजनामा मार्चको १५ र १६ का दिन सिड्नीमा आर्ट अफ लाईफ र बालबालिकाहरुको लागि समर क्याम हुने बताईएको छ ।Yogi2

सिड्नीको पश्चिम वेटारामा रहेको विद्यालयमा बालबालिकाहरु र थ्रोलिङ् कम्युनिटी हलमा प्रवचन कार्यक्रम हुने हेरिटेजका सुदिप कार्कीले बताए । यसैगरी मार्च ८ र ९ मा मेलवर्नमा प्रवचन कार्यक्रम हुने भएको छ । हिन्दु विद्यापीठका संस्थापक डा योगीसंग मार्च ८ मा मेलवर्नको ग्लेन वेभर्लस्थित फोर क्राउन लेनमा साँझ  रामायण र धार्मकि प्रवचन हुँदैन ।

साथै मार्च ९ मा एलिजावेज स्ट्रीटमा रहेको नेपाली कान्सुलेट कार्यालयमा चिल्ड्रेन समर क्याम्प अन्तर्गत आध्यामिक र धार्मकि प्रवचन दिने कार्यक्रम रहेको छ । साउथ अष्टेलिया विश्वविद्यायलको निमन्त्रणामा हरेक वर्ष अष्टेलिया आएका डा योगीले यो वर्ष सिड्नी, बिस्बेन, पर्थ र तास्मानियामा पनि प्रवचन दिने कार्यक्रम रहेको छ ।

Comment