Wednesday , December 13 2017
Home / Australia / अस्ट्रेलियाको पुस्तकालयमा नेपाली संग्रह (फोटो फिचर)

अस्ट्रेलियाको पुस्तकालयमा नेपाली संग्रह (फोटो फिचर)

सिड्नी/अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सर्वजनिक पुस्तकालयले नेपाली शाखा संचालनमा ल्याएको छ । २२ मार्च आइतवार सिड्नीको दक्षिण रकडेल टाउनहलमा आयोजित एक कार्यक्रममा नेपाली शाखाको उद्घाटन भएको थियो । अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्रकुमार नेपाल, रकडेल सिटी काउन्सिलका मेयर साने ओब्रेन, राज्य पुस्तकालयको सार्वजनिक सेवा निर्देशक फ्रान्सि सिम र सेन्ट जर्ज माइग्रेसन रिसोर्स सेन्टरका अध्यक्ष रुथ फाइभले संयुक्त रुपमा नेपाली संग्रहको सार्वजनि गरेका थिए ।

0U2A4928

नेपाली राजदुत रुद्रकुमार नेपाल, सिड्नीको रकडेल सिटी काउन्सिलका मेयर साने ओब्रेन, राज्य पुस्तकालयका निर्देशक फ्रान्सि सिम र सेन्ट जर्ज माइग्रेसन रिसोर्स सेन्टरका अध्यक्ष रुथ फाइभ संयुक्त रुपमा नेपाली संग्रहको सार्वजनि गर्दै । फोटो सौजन्यः नेपाली टच र डिजिटल कि प्रडक्सन

कार्यक्रममा बोल्दै मेयर ओब्रेनले नेपाली समुदायले रकडेल सिटीलाई आफ्नो घरको रुपमा स्विकारेकोमा खुशी ब्यक्त गर्दै सबैभन्दा छिटो बृद्धि भैरहेको नेपाली समुदायको विकासकालागि काउन्सिल सधै तत्पर रहेको बताए । राजदुत नेपालले पुस्तकालय स्थापना हुनुले अस्ट्रेलियामा नेपाली समुदायको एउटा हेरिटेज थपिएको बिचार राखेका थिए । यस्तै राज्य पुस्तकालयका सार्वजनिक सेवा निर्देशक फान्सि सिमले राज्यमा नेपली भाषीको जनसंख्या बढ्दै गएको भन्दै नेपाली भाषामा यो पुस्तकालय संचालनमा ल्याएको विचार राखेकी थिइन । सिड्नी र अन्य रिजनल शहरहरुमा बसोवास गर्ने नेपालीहरुको पहुचमा पुग्नेगरी पुस्तकको वितरण प्रभावकारी बनाइने सिमको प्रतिबद्धता ब्यक्त गरिन । सेन्ट जर्ज क्षेत्रमा नेपलाी समुदायको बसोवासको लागि सहयोग गरिरहेको सेन्ट जर्जो माइग्रेन रिसोर्स सेन्टरका अध्यक्ष रुथ फइभले नव आप्रवासी नेपाली समुदायको बिकासको लगि आफ्नो संस्थाले संचालन गरिरहेको कार्यक्रमबारे जनकारी दिदै आगामी वर्षहरुमा अझ सहयोगको क्षेत्र बढाउने प्रतिबद्धा जनाइन ।10001578_560479707383897_432095818_n
कार्यक्रममा सेन्ट जर्ज क्षेत्रमा बसोवास गर्ने नेपालीहरुको प्रतिनिधित्व गर्दै सेन्ट जर्ज माइग्रेसन रिसोर्स सेन्टर नेपाली रिफरेन्स ग्रुपका तर्फबाट चुरामनी बेलबासेले अस्टेलियामा नेपालीले गौरव गर्ने सम्पदाको रुपमा पुस्तकालय स्थापना गर्न सहयोगि भुमिका खेल्ने सबैलाई नेपली समुदायको तर्फबाट धन्यवाद ब्यक्त गरेका थिए ।

0U2A5037
न्यु साउथ वेल्स राज्य पुस्तकालयका अनुसार अहिले पााच सय थान पुस्तक संग्रहमा रहेको छ । चााडै नै यो संख्यालाई देब्बर पारिने छ । नेपली साहित्य, इतिहांस,सास्कृति, भुगोल, बालकथाहरु, लगाएतका विषयमा नेपाली भाषामा लेखिएका पुस्तकहरु पुस्तकालयमा उपलब्धहुने बताइएको छ । पाठकहरुले आफु बसेको सवअर्वको पुस्तकालयमा गएर नेपाली पुस्तकको माग गरेमा स्थानिय सर्वजनिक पुस्तकालयले राज्य पुस्तकालय साग सहकार्य गरेर ति पुस्तकहरु पाठकको हातमा पर्ने बताइएको छ ।0U2A5015
नेपाली संग्रह सार्वजनिक कार्यक्रममा नेपाली बालबालिकहरुले विभिन्न सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने अस्ट्रेलियामा रहेका नेपाली अभिभावकहरुले सास्कृतिक परेड प्रस्तुत गरेका थिए । कार्यक्रमा अस्ट्रेलियाका नेपाली समुदायका अगुवा इन्द्र्र्रा वन (ओएएम) र डा नारायण प्रधानलाई सम्मन गरिएको थियो भने रकडेल सिटी काउन्सिलका मेयर सेन अेब्रेन र उप मेयर लिज बार्लोलाई नेपाली ढाका टोपी र पस्मिना सलले सम्मन गरिएको थियो । न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्का लगाएत गैर आवसिय नेपाली संघ र अन्य सामुदायिक संस्थाका प्रतिनिधिहरु उक्त कार्यक्रममा सहभागि भएका थिए ।

0U2A4954
न्यु साउथ वेल्स स्टेट लाइवरी, रकडेल सिटी काउन्सिल र सेन्ट जर्ज माइग्रेसन रिसोर्स सेन्टर नेपाली रिफरेन्स ग्रुपको सहकार्यमा यो कार्यक्रम भएको हो । फोटो सौजन्यः नेपाली टच र डिजिटल कि प्रडक्सन

0U2A48971978663_560479817383886_890382882_n1982271_560479490717252_1256497837_n0U2A49171001896_560479237383944_802726528_n

Comment