Tuesday , December 12 2017
Home / Australia / अस्ट्रेलियाका नेपाली बैज्ञानिकलाई अन्तराष्ट्रिय सम्मान

अस्ट्रेलियाका नेपाली बैज्ञानिकलाई अन्तराष्ट्रिय सम्मान

MaraseniTekProfilePicअस्ट्रेलियाको युनिभर्सिटी अफ साउदर्न क्विन्सल्याण्डमा कार्यरत नेपाली बैज्ञानिक डा टि एन मरासिनी सिनियर इन्टरनेसनल साइन्टिस अवार्डबाट सम्मनित हुने भएका छन् । चिन सरकार तथा चिनिया एकेडेमी अफ साइन्सले प्रधान गर्ने यो सम्मनबाट डा मरासिनी सम्मनित हुने भएका हुन् । राजधानी बेजिङ, संघाइ र लाङ्जाउ शहरमा हुने अवार्ड वितरण सम्बन्धि विभिन्न कार्यक्रमा सहभागि हुन डा मरासिनी सोमवार त्यस तर्फ लगेका छन् । विश्वका विभिन्न देशका प्रज्ञिक तथा बैज्ञानिकहरुको उपस्थितिमा डा मरासिनीलाई यो अवार्ड प्रदान गरिने छ ।

अस्ट्रेलियन सेन्टर फर सस्टेनभल क्याचमेन्टका उप निर्देशक समेत रहेका डा मरसिनीले अस्ट्रेलियामा हरित गृह ग्यासहरुको एकाउन्टिङ र मोडलिङ गर्ने गर्छन् । अहिले सम्म औद्योगिक क्षेत्रबाट उत्पादन भैरहेको हरित गृह ग्यासको एकाउण्टिङ भए पनि अब घरेलु उत्पादनबारे पनि अध्यन गर्ने बारे डा मरासिनीको प्रस्तावले यो अवार्ड जितेको हो । “घरमा दाउरा बालेर खाना पकाउदा होस् वा ग्यास र विद्युत प्रयोग गर्दा हुने हरित गृह ग्यास उत्पादन बारे अध्यन गर्छ “डा मरासिनीले भने “यो अध्ययन पछि विश्व उष्णिकरण र जलवायु परिवर्तनबारे हर्ने दृष्टिकोणमा नै केही फरक आउन सक्ने छ ।”

project3 (1)
बाल्यकाल नेपालको नवलपरासिमा बिताएका डा मरासिनीले नेपालमा वन तथा भु संरक्षण विभागमा काम गरेका थिए । उनले थाइल्याण्डको एसियन इन्टिच्युट अफ टेक्नोलोजीबाट प्राकृतिक स्रोत ब्यवस्थापमा स्नाकोत्तर गरेका छन् भने अस्ट्रेलियाको युनिभर्सिटी अफ साउदर्न क्विन्सल्याण्डबाट प्राकृतिक स्रोत ब्यवस्थापमा विद्यावारिधि गरेका छन् । अहिले पाँचवटा देशका ९ जना अनुसन्धानकार्ताहरुले उनकै सुपरभिजनमा विद्यावरिधी गरिरहेका छन् ।

 

4 comments

  1. Congratulations Dr Marasini and you have made us all Nepali very proud of you! I wish you the very best in coming days!

  2. congratulation my dear uncle …we r all proud of u……hats off

  3. congratulation sir,….

  4. Congratulation sir..

Comment