Tuesday , December 12 2017
Home / Australia / अस्ट्रेलियन पर्यटक नेपालमा सर्पदंशको सिकार

अस्ट्रेलियन पर्यटक नेपालमा सर्पदंशको सिकार

snake bite 2नेपालमा सर्पदंशको सिकार बनेकी एक अस्ट्रेलियाली पर्यटक औषधी अभावमा आफ्नै मुलुक फर्किनु परेको छ । नेपाल भ्रमण आएका बेला पोखरा घुम्न जाँदा गोमन साँपले डसेपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अस्पतालमा एन्टी भेनम औषधि नहुँदा ५७ वर्षकी पेशाले नर्स र हेकी डेलमेन राइनको झण्डै ज्यान गएको थियो ।

गत सेप्टेम्बर २८ मा सर्पले डसेपछि डेलमेन उपचारका लागि अस्पतालमा भर्ना भएको तर अस्पतालमा एन्टी भेनम औषधिको अभाव भएकाले उनको उपचार हुन नसकेको अस्ट्रेलियाको अनलाइन समाचार वन न्युजले जनाएको छ । नेपालको अस्पतालमा उनलाई एन्टी भेनम औषधिको साटो विष बाहिर फ्याक्न भन्दै घाउबाट रक्तश्राव हुन दिइएका कारण उनको धेरै रगत नष्ट भएको समाचारमा उल्लेख छ ।

३ दिनसम्म नेपालको अस्पतालमा सामान्य उपचार गरेपछि उनी सर्पदंशका लागि निकै दुखिरहेको तथा सुन्निएको दाहिने खुट्टा तथा सर्पको विष फैलिएको जिउ लिएर बेलायत फर्किन् । अन्ततः ब्रेसबर्नको अस्पतालमा चिकित्सकहरुले उनलाई डसेको सर्पको प्रजाति पत्ता लगाए र सोही अनुसारको एन्टी भेनम औषधि दिएर उनको उपचार गरेपछि मात्र उनी पूर्ण रुपमा निको भइन् । अस्ट्रेलियाली चिकित्सहरुका अनुसार उनको रगतमा फैलिएको विषका कारण रगत पातलिरहेको र रक्तश्राव नरोकिएकाले उनको ज्यानै जाने खतरा रहेको बताएका थिए ।

Comment