Thursday , December 14 2017
Home / Featured News / अस्ट्रेलियन ओपनमा जोकोभिच पराजित

अस्ट्रेलियन ओपनमा जोकोभिच पराजित

जोकोभिचको पुन अस्ट्रेलियन ओपन जित्ने सपना स्विस खेलाडी स्टानिस्लास वाव्रिन्काले चकनाचुर पारेका छन् | अत्यन्त कडा प्रतिस्पर्धा भएको ५ सेटको खेलमा अन्ततः वाव्रिन्काले ६-२, ४-६, २-६, ६-३, ७-९ ले बाजी मार्न सफल भए | गएराति भएको उक्त खेल कुल चार घण्टा चलेको थियो र अन्तिम सेट मात्रै ७९ मिनेटको थियो | जोकोभिच दोस्रो बरियताक खेलाडी हुन् भने वाव्रिन्का आठौँ बरियताका खेलाडी हुन् |

“म एकदमै खुशी छु | यसअघि ग्रान्डस्लाममा दुइ पटक उनीसंग पराजित भएपछि उनलाई हराउन निकै गार्हो थियो |” क्वाटरफाइनलमा नै जोकोभिच हार ब्योहरेपछि उनको २८ जितको अटुट शृंखलामा ब्रेक लागेको छ |2101men8_Wawrinka_729-620x349

वाव्रिन्काले अब सेमिफाइनलमा टमस बर्डीचको सामना गर्नेछन |

उता अर्को क्वाटरफाइनलमा रोजर फेडेरर र एन्डी मर्रे को बीच भिडन्त हुँदै छ | त्यसैगरि राफल नाडाल ग्रिगोर दिमित्रोभसँग भिड्दैछन् |

Comment