Saturday , February 16 2019
Home / Entertainment / अस्कर विजेता अष्ट्रेलियन अभिनेताको निधन

अस्कर विजेता अष्ट्रेलियन अभिनेताको निधन

अष्ट्रेलिया- अष्ट्रेलियन अभिनेता म्याक्सिमिलियन चेलको ८३ वर्षको उमेरमा निधन भएको छ। १९६१ मा बनाइएको फिल्म ‘जजमेन्ट एट नर्मबर्ग’बाट उनले अस्कर अवार्ड जितेका थिए। समाचार एजेन्सी बीबीसीका अनुसार उनको निधन मध्यरातमा अस्ट्रेलियाको एक क्लिनिकमा भएको थियो।3e3f960a2057a3daac3ad87de63b6ed9_L
सिकिस्त बिरामी भएका उनी एक हप्ताअघि अस्पताल भर्ना भएका थिए। उनलाई जर्मन भाषाको लोकप्रिय अभिनेताको रुपमा पनि चिनिन्छ। मृत्युको पुष्टि उनकै पत्नीअले गरेकी थिइन्।
१९३० मा अष्ट्रेलियामा जन्मेका उनको जीवन ‘कलरफुल’ रहेको एजेन्सीहरुले उल्लेख गरेका छन्। उनको चार सन्तानमध्ये एक जना स्विस लेखक हुन् भने अर्की अस्ट्रेलियन अभिनेत्री हुन्।
स्टेजबाट अभिनय यात्रा थालेका उनले दोस्रो विश्वयुद्धसँगै हलिउड प्रवेश गरेका थिए। उनले योङ लायन्सबाट हलिउड यात्रा थालेका थिए।
उनले १९६४ मा टोपकापी, १९७९ मा द ब्लाक होल, १९९८ मा केजिबी कोलोनेल इन क्यान्डेल इन द डार्क्समा अभिनय गरेका छन्।

Comment