Thursday , December 14 2017
Home / Featured News / अष्ट्रेलियाविरुद्ध वेष्टइण्डिजको रोमान्चक जित

अष्ट्रेलियाविरुद्ध वेष्टइण्डिजको रोमान्चक जित

ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा वेष्टइण्डिजले अष्ट्रेलियामाथि रोमान्चक जित हात पारेको छ । अष्ट्रेलियामाथिको ६ विकेटको रोमान्चक जितसँगै वेष्टइण्डिजको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो भएको छ । उसले तीन खेलबाट ४ अंक जोडेको छ । लगातार दुई हार व्यहोरेको अष्ट्रेलियाले भने खाता नै खोल्न सकेको छैन ।

मिरपुरमा पहिले व्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७८ रन बनायो । उसका लागि म्याक्सवेलले ४५ रनको योगदान दिए ।

जवाफमा मैदान उत्रिएको वेष्टइण्डिजले अन्तिम दुई बल बाँकी कँदा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

राम्रो सुरुवात गरेको वेष्टइण्डिज क्रिस गेल आउट भएपछि दबावमा आएको थियो । ३५ बलमा ५३ रन बनाएका उनी १२.१ ओभरमा दोस्रो विकेटका रुपमा क्याच भएका थिए ।

तर, डरेन शामी र डरेन ब्राभोले आक्रमक व्याटिङ गर्दै जित दिलाए । १९ औं ओभरमा समीले एक छक्का र दुई चौकासहित १९ रन जोडेपछि वेष्टइण्डिजलाई अन्तिम ओभरमा १२ रन चाहियो । पहिलो र दोस्रो ओभरमा जेम्स फल्कनरले कुनै रन दिएनन् ।

तर, तेस्रो र चौथो बलमा लगातार दुई छक्का हान्दै समीले टोलीलाई रोमान्चक जित दिलाए । म्यान अफ दि म्याच समीले १३ बलमा तीन छक्का र दुई चौकाको मदतमा ३४ रनमा अविजित रहे । ब्राभो १२ बलमा २७ रनमा अविजित रहे ।

 

Comment