Thursday , December 14 2017
Home / Australia / अष्ट्रेलियामा नेपालीको फार्म

अष्ट्रेलियामा नेपालीको फार्म

अष्ट्रेलियामा वसोवास गर्ने नेपालीहरु ईन्जिनियरिंग, चिकित्सा, नर्सिंग, प्राध्यापन, पर्यटन, श्ािक्षा, हस्पिटालिटी, हाउजिंग, शैक्षिक परामर्श लगायत विभिन्न पेशा र ब्यवसायमा संलग्न रहादै आएको पाईन्छ । यस्तै विभिन्न स्थानमा सयौं नेपालीहरु फार्ममा समेत काम गर्दै आईरहेका छन् । हाल आएर कृषी ब्यवसायलाई पनि नेपालीहले आफ्नो पेशाको रुपमा सुरु गरेका छन् । यसको अग्रपंक्तिमा आफुलाई उभाउन सफल भएका छन् युवराज के.सी. ।

दक्षिणपूर्वी क्विक्स्ल्याण्ड स्थित हेलिडन भन्ने स्थानमा उनले हालै एउटा फार्म सञ्चालनमा ल्याएका छन् । विगत ४ वर्ष देखि गि्रन सलादका विभिन्न प्रजातीहरुको उत्पादनका लागि प्रसिद्ध टुआम्वा स्थित के. फार्म नामक एउटा फार्ममा म्यानेजरको रुपमा काम गर्दै आएका युवराजले नीजि लगानीमा उक्त फार्म सञ्चालनमा ल्याएका हुन् । युवी फार्म नाम दिईएको यो फार्ममा सुरुवातमा विभिन्न ७ वटा रंगमा फल्ने गोलभेडाको ब्यवसायिक खेति सुरु गरिएको छ । यो टमाटरको बजार मूल्य २० डलर प्रति किलो सम्म रहेको फार्म संचालक के सीले जानकारी दिए । उनका अनुसार विरुवा रोपेको ६ हप्तामा गोलभेडा बजारमा जान योग्य  भैसक्नेछन् ।

यो फार्म बि्रस्बेन देखि करिव ११० कि.मी. पश्चिममा पर्दछ । ७० एकड क्षेत्रफलमा फैलिएको यस फार्ममा आगामी दिनमा विभिन्न उन्नत प्रजातीका तरकारीजन्य कृषी उपजहरु उत्पादन गर्ने योजना रहेको उनले सिमापारीलाई बताए । फार्ममा बिरुवामा सिंचाई गर्ने, टमाटरको साईज गे्रडिंग गर्ने लगायतका कामका लागि उच्चस्तरीय प्रविधि अपनाईएको छ ।

About admin

Comment