Saturday , December 16 2017
Home / Australia / अष्ट्रेलियामा नेपालीको अनुसन्धान पुरस्कृत

अष्ट्रेलियामा नेपालीको अनुसन्धान पुरस्कृत

prajowl kafle

अष्ट्रेलियन एस्ट्रोनोमिकल अब्जरभेटरीका निर्देशक वारिक काउच काफ्लेलाई पदक हस्तान्तरण पदक हस्तान्तरण गर्दै

सिड्नी विश्वविद्यालयमा अध्ययनरत नेपाली अनुसन्धानकार्ता प्रज्जवल काफ्लेले भौतिकशास्त्रको उत्कृष्ट पुरस्कार जितेका छन् । “पोष्ट ग्रायाजुयट एक्सिलेन्स अवार्ड इन फिजिक्स २०१३” बाट काफ्ले पुरस्कृत भएका हुन् । गएको नोभेम्वर १९ मंगलवार विश्वविध्यालयमा आयोजित एक कार्यक्रममा अष्ट्रेलियन एस्ट्रोनोमिकल अब्जरभेटरीका निर्देशक वारिक काउचले काफ्लेलाई पदक हस्तान्तरण गरेका थिए । काफ्लेले आकाश गंगाको ताराहरुको गतिको आधारमा यसको तौल पक्ता लगाएका थिए । काफ्लेले खगोल शास्त्रकै निकै दुर्लभ र कठिन यो अनुसन्धान तिन वर्ष लगाएर गरेको थिए ।
नेपालको जनकपुरमा जन्मिएका काफ्ले अष्ट्रेलियन सरकारको छात्रबृतीमा साढे तिन वर्ष अघिदेखि अष्ट्रेलियामा बसेर अध्ययन र अनुसन्धान गर्दै छन् । अवार्ड पाएपछि निकै खुशि हुदै काफ्लेले भने, “नेपाल फर्केर भौतिक र खगोल शास्त्रको क्षेत्रका थप अध्ययन र अनुसन्धान गर्ने योजना छ ।”
उनलाई अहिले नै विभिन्न अन्तराष्ट्रि अनुसन्धान सम्बिन्धि निकायहरुबाट जागिरको लागि प्रस्तावहरु आउन शुरु भैसको छ । युरोपियन स्पेस एजेन्सिको निकै नै महत्वकांक्षी अन्तरिक्ष अभियान “गाया” मा काम गर्न प्रस्ताव आएको उनले सिमापारी डटकमलाई बताए । भविष्यमा पनि अध्ययन र अनुसन्धालाई निरन्तरता दिदै नेपालको खगोल विज्ञानको क्षेत्रमा काम गर्ने योजना पनि उनको रहेको छ ।

7 comments

  1. Congratulation Kaphle Ji on your this achievement, you have made us all proud of you and wish you the best in coming days. It is nice to read such positive news of Nepali people around the world. Your contribution to the body of knowledge benefit the humanity in the long run!

  2. Badhai cha. Your work is inspiring.

  3. Congratulation !

  4. Prajjwal lai dherai dherai badhai chha

  5. Congratulation Prajol Dai

  6. Congratulations……………!

  7. congratulation prajjwal sir !

Comment