Wednesday , December 13 2017
Home / Australia / अष्ट्रेलियामा गजल सन्ध्या

अष्ट्रेलियामा गजल सन्ध्या

gajal photoनेपाली साहित्यलाई प्रवासमा उत्थान र प्रवर्द्धन गर्नै उद्देश्यका साथ अष्ट्रेलियाका सिड्नीमा गजल सन्ध्या सम्पन्न भएको छ । अलङकार नाम दिइएको उक्त कार्यक्रममा यहाँ रहेर साहित्य सिर्जनामा लागि परेका करिब २ दर्जन साहित्यकारहरुको सहभागिता रहेको थियो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज सिड्नीको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकारहरुले विभिन्न विधाका गजलहरु प्रस्तुत गरेका थिए । अष्ट्रेलियामा नेपाली साहित्यलाई अझ उचाई दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दियो ।

कार्यक्रममा संगीतमा स्नात्तोकोतर गरेका गायक आशिष श्रेष्ठले विभिन्न सुमधुर गजल गाएर सुनाएका थिए भने उपस्थित साहित्यकारहरुले करुणा, राष्ट्रप्रेम, हाँस्य लगायतका विभिन्न अलंकारका गजलहरु प्रस्तुत गर्दा दर्शकहरुले तालीले प्रशंसा गरेका थिए ।

कार्यक्रममा सहभागी नेपालबाट आएका साहित्यकार खेम शर्माले यस प्रकारको कार्यक्रमले नेपाली साहित्यको उत्थानमा महत्वूर्ण योगदान दिने बताए । उनले यस प्रकारको कार्यक्रमले नेपाली साहित्यकारहरुलाई समेत उचित स्थान दिने बताएका थिए ।

आयोजक मञ्चकी महासचिव सानु घिमिरेले नेपाली साहित्यको जगेर्ना र यसको प्रचारप्रसारका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

कार्यक्रममा साहित्यकारहरुका साथै नेपाली समाजका अगुवा नारायण प्रधान, एनआरएनका अध्यक्ष महेन्द्र ओली, नारी निकुञ्जकी अध्यक्ष सुमित्रा विष्ट, नेपाल आदिवासी जनजाती मञ्चकी शशि राई, लील गुरुङ्ग, प्रतिक्षा पाण्डेले पनि नेपाली साहित्यको बारेमा चर्चा गरेका थिए ।

 

Comment