Tuesday , December 12 2017
Home / Australia / अष्ट्रेलियाको सरकारी पुस्तकालयमा नेपाली शाखा

अष्ट्रेलियाको सरकारी पुस्तकालयमा नेपाली शाखा

सिड्नी/अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सार्वजनिक पुस्तकालयले नेपाली शाखा संचालनमा ल्याएको छ । राज्यमा नेपली भाषी समुदाय बढ्दै गएको भन्दै नेपाली भाषामा यो पुस्तकालय संचालन भएको हो । अहिले राज्य पुस्तकालयमा नेपाली संग्रह तयार भैसकेको छ । पाठकहरुले आफु बसेको काउन्सिलको पुस्तकालयमा गएर नेपाली पुस्तकको माग गरेमा स्थानिय सर्वजनिक पुस्तकालयले राज्य पुस्तकालय संग सहकार्य गरेर ती पुस्तकहरु तपाइको हातमा पर्ने बताइएको छ । पुस्तकालयले अहिले करिव एक हजार थान नेपाली भाषाका पुस्तकहरु खरिद गरिसेकोछ ।MitchellLibrarySydney
यसैबिच नेपाली संग्रहको विशेष समारोहमा आगामी मार्च २२ शनिवार सिड्नीको दक्षिण रकडेल पुस्तकालयमा सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ । स्टेट लाइवरी, रकडेल सिटी काउन्सिल र सेन्ट जर्ज माइग्रेन्ट रिसोर्स सेन्टरको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो । पुस्तकालयमा नेपाली साहित्यका पुस्तक, काला संस्कृति, भुगोल, राजनीति, सम्यता र इतिहसका पुस्तकहरु उपलब्धहुने बताइएको छ ।

Comment