Thursday , December 14 2017
Home / Australia / अष्ट्रेलियन भूटानी संगठन(ए बि ए) सिड्नीको अध्यक्षमा ढुंगेल

अष्ट्रेलियन भूटानी संगठन(ए बि ए) सिड्नीको अध्यक्षमा ढुंगेल

 अष्ट्रेलियाको (सिड्नीमा)रहेको भूटानी स्वयंसेवक संगठन(ए बि ए)को निर्वाचन  १८ जनवरी आइतवारको दिन  ब्लाक टाउन अन्तर्गत अल्फाहलमा त्रीसदसीय निर्वाचन आयोगको सक्रीयतामा सौहाद्रपूर्ण वातावरणमा सुसम्पन्न भएको छ।

reduced2-300x224

लगभग ४५० भन्दा बढी सदस्य भएको यो समितिको निर्वाचनकालागि उम्मेदवारी दिनेक्रममा ८० जनाले उम्मेदवारी दिएका थिए भने त्यसबाट बढी मत पाउने ३० जनालाई छनौट गरी १० सदसीय नयाँ समिति गठन गर्न निर्वाचन आयोग सफल भएकोथियो। विगत ५ बर्ष अगि सिड्नीमा जन्मिएको यो अराजनैतिक संगठन निस्वार्थरूपमा यहाँ रहेका भूटानी जनताको सेवामा समर्पित छ।

नव गठित समितिमा ओम  ढुंगेल अध्यक्ष पदमा निर्वाचित भएका छन् भने पदम काफ्ले महासचिव पदमा निर्विरोध निर्वाचित हुन पुगेका छन्। महिला संयोजक जानुका आचार्य रहेकी छिन् भने अन्य विभिन्न पदमा पुष्प आचार्य,कल्यान ढुंगेल, गोविन्द गौतम,भक्ति खतिवडा,तुलसी अधिकारी, निर्वाचित भएका छन् । सल्लाहकार समितिमा डुका पराजुली एवं तुलसी कटेल सर्वसम्मतिले विजयी बनेकाछन्।

 निर्वाचन सम्पन्न पछि मन्तब्यका क्रममा नव निर्वाचित अध्यक्ष एवं महासचिवले आफ्नो मन्तब्यमा निर्वाचनमा सक्रीय रही शान्त वातावरणमा निर्वाचन सम्पन्न गराउने आयोगलाई साधुवाद एवं सम्पूर्ण उम्मेदवारी दिई निर्वाचनमा भाग लिनेहरूलाई धन्यवाद दिँदै संगठनका भावी योजनाका बारेमा पनि स्पष्ट पारेका थिए।

Comment