Saturday , December 16 2017
Home / Entertainment / अष्ट्रेलियन अभिनेत्री केट ब्लान्चेट सर्वोत्कृष्ट अभिनेत्री

अष्ट्रेलियन अभिनेत्री केट ब्लान्चेट सर्वोत्कृष्ट अभिनेत्री

यो वर्षको ओस्कर अवार्ड ट्वेल्भ इयर्स अ स्लेभ फिल्मले पाएको छ । अमेरिकाको लस एन्जलसस्थित डबली थिएटरमा विभिन्न १० विधामा ओस्कर अवार्ड प्रदान गरिएको छ ।

ऐतिहासिक कथा भन्ने सिनेमा टुभेल्थ इयर्स अ स्लेभले ८६ औं अस्कर अवार्डमा सर्वोत्कृष्ट फिल्मको उपाधि जितेको छ । ६ वटा प्राविधिक विधासहित सर्वोत्कृष्ट निर्देशकमा कब्जा जमाउँदै स्पेस ड्रामा ग्राभिटीले उपाधि रच्यो ।

ग्राभिटी निर्देशक अल्फेन्सो कुरान अस्कर जित्ने पहिला ल्याटिनो निर्देशक बने । उडी एलेनको ब्लु जस्मिनबाट अष्ट्रेलियन अभिनेत्री केट ब्लान्चेट सर्वोत्कृष्ट अभिनेत्री बनिन् । डल्लास बायर्स क्लबबाट म्याथु म्याककनग्ले सर्वोत्कृष्ट अभिनेता बने ।WFTCRMImageFetch

उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशकको अवार्ड विभाजित भएको यो लगातार दोस्रो पटक हो । अवार्ड उचाल्दै कुरानले फिल्मको रुपान्तरणकारी शक्तिको प्रशंसा गर्दै सान्ड्रा बुलकलाई ग्राभिटीको आत्मा र मुटु भन्दै चर्चा गरे ।

यो बेलायती फिल्मले सम्पादन, ध्वनी मिश्रण, छायांकन, भिजुअल इफेक्ट र ओरजिनल स्कोरजस्ता प्राविधिक विधामा पनि जित्यो ।

सर्वोत्कृष्ट फिल्म टुभेल्थ इयर्स अ स्लेभ निर्देशक स्टिभ म्याकिनले आफ्नो फिल्मको जितलाई दासता अन्त्य गर्ने आन्दोलनमा सक्रियहरुलाई समर्पण गरे । ‘सबैजना हातमुख जोर्नका लागि होइन, बाँच्नकै लागि सक्षम छन्’ उनले भने, ‘यो सोलोमन नर्थअपको सबैभन्दा राम्रो लिगेसी हो ।’

वास्तविक कथामा बनेको यो फिल्मले सोलोमन नर्थअप नामक पात्रको कथा पेश गर्छ । अपहरण गरेर लुसियानामा जबर्जस्ती दास बनाइएको उक्त पात्रले खोज्ने स्वतन्त्रता फिल्मको संघर्ष हो । निर्माता ब्राड पिटले फिल्मका मुख्य पात्रको प्रशंसा गरे ।

यही फिल्ममा दास केटीको रुपमा अभिनय गरेकी नवअभिनेत्री लुपिता नेयोङले सर्वोत्कृष्ट सहायक अभिनेत्री विधामा अवार्ड जितिन् । यही साताबाट ३१ वर्षमा पाइला टेक्दै गरेकी केन्याली अभिनेत्रीले आफूले गरेको पात्रप्रति श्रद्धा व्यक्त गरिन् ।

 

Comment