Friday , December 15 2017
Home / Featured News / अविरल वर्षाले जताततै बाढीपहिरो; ३१ जनाको मृत्यु

अविरल वर्षाले जताततै बाढीपहिरो; ३१ जनाको मृत्यु

विगत  केही दिनेदेखि परेको अविरल वर्षाका कारण मुलुकका अधिकांश क्षेत्रमा बाढीपहिरोले जनधनको क्षति पुर्याएको छ। बाढी, पहिरो र ढुबानका कारणले मुलुकका विभिन्न स्थानमा  ३१ जनाको ज्यान गएको छ  भने केही बेपत्ता भएका छन्। ललितपुर, जाजरकोट, रुकुम, सिन्धुली, मोरङ, सर्लाहीलगायतका जिल्लामा ९ को मृत्यु भएको हो।दक्षिण ललितपुरको कालेश्वर वडा नं ५ मा पहिरोले पुरिएर स्थानीय सोनाम घलान र ललिता घलानको मृत्यु भएको छ। GSPSjमृतकहरू स्थानीय होमबहादुर घलानका छोरा र छोरी भएको प्रहरीले जनाएको छ। पहिरो गएपछि उद्धारका क्रममा उनीहरूको शव फेला परेको ललितपुरका प्रहरी प्रवक्ता डीएसपी पवन गिरीले बताउनुभयो। बिहीबार दिउँसो २ बजे पहिरोले पुरेपछि उद्धारका लागि इलाका प्रहरी कार्यालय टंगुनबाट खटिएको प्रहरी टोलीसहित स्थानीय बासिन्दा खटेका थिए। बिहीबारकै पहिरोमा पुरिएर ललितपुरको भट्टेडाँडामा स्थानीय दीपक लोको मृत्यु भएको छ। भट्टेडाँडा वडा नं ३ स्थित तनपाने भञ्ज्याङमा ठाडो खोलाको भलले बगाएर २५ वर्षीय दीपकको मृत्यु भएको प्रहरीले जनाएको छ। भलले बगाएपछि उनलाई करिब ३ घण्टापछि प्रहरीले उद्धार गर्दा मृत अवस्थामा फेला पारेको थियो।

Comment