Friday , December 15 2017
Home / Australia / अल्डी र बिग डब्लुले “रेसिस्ट” टिसर्ट नबेच्ने

अल्डी र बिग डब्लुले “रेसिस्ट” टिसर्ट नबेच्ने

अस्ट्रेलिया डेको अवसरमा बिक्रीको लागि तयार भएको टिसर्ट “रेसिस्ट” भएको भन्ने विवाद भएपछी अल्डी तथा बिग डब्लु सुपरमार्केटले त्यस्तो टिसर्ट नबेच्ने निर्णय गरेको छ |adults_australia_day_t_shirt_or_singlet_005a3293_ORG

बिषेशत “AUSTRALIA EST 1788″ लोगो अंकित टिसर्टहरुको बिक्रीको लागि बिज्ञापन गरेको भनेर नागरिकहरुले अनलाइन तथा सामाजिक संजाल मार्फत यी दुई सुपरमार्केटको चर्को आलोचना गरेका थिए | इंग्ल्यान्ड बाट पहिलोपटक जहाज सन् १७८८ मा अस्ट्रेलिया आएको थियो |त्यसैको स्मरणमा अस्ट्रेलिया डे मनाउने गरिएपनि आदिबासी समुदायले भने त्यस दिनलाई अस्ट्रेलियामाथि भएको आक्रमणको रुपमा लिने गरेका छन |

est1788 1

अस्ट्रेलिया १७८८ मा स्थापना भएको भनेर गलत सन्देस प्रवाह गर्न खोजेको, दसौ हजार बर्षदेखि अस्ट्रेलियामा बसोबास गरिरहेका आदिवासीको आत्मसम्मानमा ठेस पुर्याएको र सामाजिक तथा सांस्कृतिक रुपमा विभेदपूर्ण रहेको भनेर कडा बिरोध भएको थियो | स्मरणीय रहोस यस डिजाइन लाई अस्ट्रेलियाको संघीय सरकारले स्वीकृति प्रदान गरेको थियो |

अल्डीको प्रवक्ताले उक्त कदमको माफी माग्दै त्यस्तो टिसर्टहरुको स्टोरबाट फिर्ता लिने र बिक्रि नगर्ने बिज्ञप्ति जारि गरेको छ | त्यसैगरि वुलवर्थका प्रवक्ताले पनि त्यस्तो टिसर्ट बिक्रि नगरिने जानकारी गराएका थिए |

 

Comment