Tuesday , December 12 2017
Home / Featured News / अर्जेन्टिना अन्तिम आठमा प्रवेश

अर्जेन्टिना अन्तिम आठमा प्रवेश

कप्तान लियोनल मेसीको उत्कृष्ट पासमा एन्जेल डि मारियाले अतिरिक्त समयको अन्त्यतिर गोल गरेपछि अर्जेन्टिना १-० ले स्वीट्जरल्यान्डको तगारो पन्छाउँदै मंगलबार विश्वकप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।

साओ पाउलोमा भएको खेल निर्धारित ९० मिनेट गोलरहित टुंगिएपछि ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । विपक्षीको कडा निगरानीमा रहेका मेसीले उत्कृष्ट रुपमा दुई स्वीस डिफेन्सवीचबाट दिएको पासमा सेकेन्ड बार च्याप्दै डि मारियाले प्रहार गरेको बलले १ सय १८ औं मिनेटमा जाली चुमेपछि अर्जेन्टिनाको जित संभव भएको थियो । यी विंगरले मेसीले दिएको बललाई वान टचमै आकर्षण फिनिसिङ गरेका थिए ।Argentina_national_football_team_2009

डि मारियाले खेलमा १२ पल्ट पोष्टमा बल प्रहार गरेका थिए । यो संख्या सन् १९६६ यता विश्वकपमा अर्जेन्टिनी खेलाडीले गरेको सर्बाधिक प्रहार हो । अर्जेन्टिनाले अग्रता लिएको अर्को मिनेटमै स्वीटरजल्यान्ड गोलको नजिक पुगेको थियो मिडफिल्डर ब्लेरमिन जेरमाइलीको हेडरमा बल पोलमा लागेर र्फकनु स्वीस टिमको दुर्भाग्य रह्यो । लगत्तै २२ यार्डमा पाएको फ्रि-किकमा जेरडान सकिरीको प्रहार सटिक हुन सकेन । त्यसैले स्वीस टिम खेल पेनाल्टी सुटआउटमा पुर्‍याउन असफल भयो ।

खेलमा मेसी केन्दि्रत अर्जेन्टिनीकै प्रभाव रह्यो । स्वीट्जरल्यान्डका दुई-तीन डिफेन्स निरन्तर मेसीको निगरानी खटिएका थिए । तैपनि चारपल्टको फिफा बर्ष खेलाडी भइसकेका मेसीले आठपल्ट गोलका अवसर सिर्जना गरिदिएका थिए । यसअघि यति धेरै गोलका अवसर कुनैपनि अर्जेन्टिनी खेलाडीले विश्वकपमा सिर्जना गरेका थिएनन् । बल पोजेसनमा पनि अर्जेन्टिना ६३-३७ ले अगाडि रह्यो । १३ पल्ट कर्नर पाएको उसले २९ पल्ट पोष्टमा आक्रमण गर्‍यो । उपाधिको दाबेदार अर्जेन्टिनीविरुद्ध युरोपेली टिम स्वीट्जरल्यान्डले भने १३ पल्ट मात्र आक्रमण गर्‍यो ।

खेलको पहिलो हाफमा स्विटजरल्याण्डले अर्जेन्टिनी पोष्टमा आक्रमण बुनेर कमजोर नरहेको संकेत गरेको थियो । खेलको २८ औं मिनेटमा स्विटजरल्याण्डका जाकाले हानेको प्रहार अर्जेन्टिनी गोलकिपर रोमेरोले बचाए । जाकाले हानेको प्रहार उनले बायाँ खुट्टाले राखेका थिए । ३९ औं मिनेटमा स्विटजरल्याण्डका डर्मिकले वान भर्सेस वान बल अर्जेन्टिनी किपर रोमेरोलाई बिट गर्न सकेनन् ।

दोस्रो हाफमा अर्जेन्टिनाले बल पोसेसन र आक्रामण आफ्नो पक्षमा पार्यो । ५८ औ मिनेटमा लेभेजीले दिएको पासमा रोजोले गरेको प्रहार स्वीस किपर बेनाग्लियोले बचाए । ६३ औं मिनेटमा हिगुइनको हेडलाई बेनाग्लियोले गोल हुन दिएनन् । रोजोको क्रसमा हिगुइनले गरेको हेड स्वीस किपरले पोलमाथि पञ्च गरिदिए । ६९ मिनेटमा मेसी अर्जेन्टिनाको लागि गोल गर्नबाट चुके । रिबाउन्ड बलमा २५ यार्ड टाढाबाट उनले हानेको भली पोल नजिकैबाट बाहिरियो । फेरि ७५ औं मिनेटमा मेसीको क्रसमा पालासियोले गरेको हेड बाहिरियो । त्यसको दुई मिनेट लगत्तै मेसीले स्विटजरल्याण्का केही डिफेन्डरलाई छक्याउदै गरेको ग्रास बल किपरले रोके ।

खेलको १०८ औं डि मारियाले हानेको कडा प्रहार फेरि किपरबाट रोकियो ।

अर्जेन्टिनाले धेरै पास खेल्दै आक्रमण गर्ने गरेपनि स्विटजरल्याण्डको काउन्टर अट्याकले उसका डिफेन्डरलाई खेल अवधीभर व्यस्त बनायो । स्टिजरल्याण्डका डिफेन्डर फर्नान्डेज अर्जेन्टिनी स्ट्राइकरको लागि बाधक बनिरहे । गोलकिपर बेनाग्लियोले पनि पनि बललाई जाली चुम्ने मौका थिएनन् ।

अन्तिम मिनेटमा साकिरीको फ्रि किकमा डेमालीको हेड पोलमा लागेर रिबाउन्ड भयो र फेरि उनकै खुट्टामा लागेर बाहिरियो । स्टिजरल्याण्डलाई खेलमा फर्किने यो नै अन्तिम मौका थियो ।

Comment