Wednesday , December 13 2017
Home / Featured News / अब एमआरपी पास्पोर्ट अनिवार्य

अब एमआरपी पास्पोर्ट अनिवार्य

काठमाण्डौ/सरकारले बैदेशिक रोजगारीमा जाने कामदारका लागि विहीबारदेखि मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य गरेको छ । हस्तलिखित राहदानी भएकाले वैदेशिक रोजगारीमा जानका लागि विहीबारदेखि श्रम स्वीकृति नपाउने विभागले जनाएको छ ।

तर भिषा लागिसकेका र पुनः श्रम स्विकृतिका लागि एमआरपी बनाउन निवेदन दिइसकेकालाई केही समयको लागि हस्तलिखित राहदानीबाट पनि श्रम स्वीकृति दिने निर्णय गरिएको विभागले जनाएको छ ।nepalimrp

हस्तलिखित राहदानीबाट श्रम स्वीकृति पाउन एमआरपी बनाउन निवेदन दिएको रसिदको प्रमाणित प्रतिलिपीसहित निवेदन दिनुपर्नेछ । त्यस्ता कामदारको हकमा एमआरपी प्राप्त भएपछि हस्तलिखित राहदानी बिस्थापित हुनेछ ।

विभागले गएको फागुन ६ गते नै जेठ १ गतेदेखि एमआरपी अनिवार्य गर्ने निर्णय गरिसकेको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले २०७२ साल मंसिर ७ गतेदेखि अन्तर्राष्ट्रिय रुपमै हस्तलिखित राहदानी प्रचलनमा प्रतिबन्ध लगाएको छ ।

आइकाओको प्रतिबन्ध अगावै हस्तलिखित राहदानी बिस्थापन गरिसक्ने उद्देश्यले सरकारले वैदेशिक रोजगारीका लागि एमआरपी अनिवार्य गरेको हो ।

Comment