Monday , October 15 2018
Home / Sports / अफगानस्तानसंग नेपाल ७ विकेटले पराजित

अफगानस्तानसंग नेपाल ७ विकेटले पराजित

Paras Khadka
आइसिसी विश्व ट्वान्टी-२० छनोट प्रतियोगितको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको छ। पहिला ब्याटिङ गर्दै नेपालले दिएको ९१ रनको लक्ष्य अफगानी टोलीले १४।२ ओभरमै पूरा गर्दै खेल जित्यो।

खेलमा सुरुदेखि नै अफगानी टोलीले नेपाललाई दवाबमा राख्न सफल रह्यो, यसअघि अफगानिस्तानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। नेपाली ब्याट्सम्यानहरुको ठोस साझेदारी हुन नसक्दा नेपालले राम्रो स्कोर खडा गर्न सकेन।
शेरद भेषावकरले २ चौकाको मद्दतले सर्वाधिक २७ रन बनाए। उपकप्तान ज्ञानेन्द्र मल्ल १४ र कप्तानर पारस खड्का १३ बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। ७ महिना अघि कीर्तिपुर रंगशालामा एसिसी ट्वान्टी २० कपको फाइनलमा अफगानिस्तानले नेपाललाई ७ विकेटले नै पराजित गरेको थियो। शुक्रबार त्यही जीतलाई उसले निरन्तरता दिन सक्यो।
नेपालले ट्वान्टी २० मा पूरै ओभर खेलेर बनाएको यो दोस्रो न्युन स्कोर हो। गत वर्ष यसै प्रतियोगितामा नेपालले नेदरल्यान्ड्सविरुद्ध ७ विकेट गुमाइ ८५ रन मात्र बनाएको थियो।

Comment