Saturday , December 16 2017
Home / Prawas / अनिश खालिङको जीवन रक्षाका लागि कुटनीतिक पहल सुरु

अनिश खालिङको जीवन रक्षाका लागि कुटनीतिक पहल सुरु

अनिश खालिङ राई बचाउँ अभियान समितिले युएई दुबईमा मृत्यदण्डको सजाय सुनाइएका अनिश खालिङ राईको जीवन रक्षाका लागि कुटनीतिक पहल सुरु गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी समितिले अदालतबाट तोकिएको ब्लडनी संकलन कार्य बन्द गरी कुटनीतिक पहल सुरु गरेको जानकारी दिएको हो ।Anish-Khaling-2

समितिका संयोजक नारदकुमार राईले अदालतले तोकेको आवश्यक रकम उठिसकेको र अनिशलाई सकुशल स्वदेश फर्काउन कुटनीतिक पहल सुरु गरिएको जानकारी दिए । ‘अदालतले तोकेको ब्लडमनी उठाउने काम सम्पन्न भइसकेको छ,’ राईले भने, ‘कुटनीति र कानुनी पाटोलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि नेपाल सरकारको तर्फबाट तुरुन्तै पहल हुनुपर्दछ ।’

अभियान समितिले अहिलेसम्म प्रधानमन्त्री सुशील कोइराला, परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र श्रम राज्यमन्त्री टेकराज गुरुङलाई भेट गरी अनिशलाई सकुशल स्वदेश फिर्ता ल्याउन आग्रह गरेको छ । ‘सरकारले यसअघि मृत्युदण्ड सुनाइएका डोल्मा शेर्पालाई बचाउन चारलाख रुपैयाँ सिडमनी उपलब्ध गराएको थियो, त्यसैअनुसार अनिशलाई पनि सरकारले सिडमनी प्रदान गर्ने आशा राखेका छौं,’ संयोजक राईले भने ।

यसैबीच अनिशको जीवन रक्षार्थ युएई दुबईमा संकलित २५ लाख रुपैयाँ रकम उमेर राईले, संखुवासभा समाज बेलायतमा संकलित ११ लाख ५४ हजार भरत कुमार राई र वाम्बुले राई समाज बेलायतमा संकलित ४५ हजार रुपैयाँ गणेश राईले अभियान समितिका संयोजक नारदकुमार राई र अनिशकी श्रीमती रबिता राईलाई हस्तान्तरण गरेका छन्

दुबई अदालतले सिडमनीका रुपमा करिब ८६ लाख रुपैयाँ माग गरेको छ । संखुवासभा मत्स्यपोखरी-३ का अनिश खालिङ राई २०६८ सालमा घरेलु कामदारका रुपमा दुबईमा कार्यरत थिए । उनलाई सहकर्मी पाकिस्तानी नागरिकले यौनदुरव्यवहार गरेको र त्यसको प्रतिकार गर्ने क्रममा तिनको मृत्यु भएपछि त्यही आरोपमा त्यहाँको अदालतले अनिशलाई मृत्यदण्डको सजाय सुनाएको थियो ।

Comment